Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – चरम लापरवाहीका कारण अमेरिकाको टेक्सासमा सर्वसाधारण नेपाली सेवाग्राहीबाट संकलन गरेको नेपाली राजदूतावासको पैसा लुटिएपछि अलपत्र पारिएका सर्वसाधारणले राहत पाउने भएका छन्। परराष्ट्रमन्त्री विमला राई पौडेलले सेवाग्राहीहरुको सेवा रोक्न नहुने र लुटिएको रकम नेपाल सरकार व्यहोर्ने प्रस्ताव मन्त्रीपरिषद्मा लगेर पारित गरेपछि सेवाग्राहीहरुले राहत पाउने भएका हुन्।

मन्त्रिपरिषद्को माघ २३ गते बसेको बैठकले सेवाग्राहीहरुको काम नरोक्ने गरी दूतावासलाई निर्देशन दिने निर्णय गरेको थियो। अमेरिकास्थित नेपाली दूतावासले फेब्रुअरी ९ तारिकमा जारी गरेको सूचनाअनुसार, टेक्सास सेवा शिविरमा शुल्क बुझाउने सवै सेवाग्राहीहरुको काम शुरु भइसकेको छ। सो सूचनाका अनुसार, टेक्सासमा रकम बुझाउने ९ सय ३६ सेवाग्राहीमध्ये ४ सय ३८ जनाले भने आफूले दूतावासमा तिरेको मनिअर्डर वा क्यासियर चेक रद्द गरी अर्को रकम पठाएको र उनीहरुको काम यसअघि नै शुरु भएको उल्लेख गरेको छ।

मनिअर्डर वा क्यासियर चेक रद्द गर्न नसकेका वा नमिलेका बाँकी सेवाग्राहीहरुको रकम नेपाल सरकारले नै तिरिदिने भएपछि पासपोर्ट नवीकरण गर्ने, एनआरएनए कार्ड बनाउनेजस्ता सेवाको प्रक्रिया शुरु गरिएको छ। दूतावासका अनुसार बाँकी सेवाग्राहीको रकम नेपाल सरकारले तिरिदिने निर्णय गरेको भए पनि अझै पनि लुटमा परेको मनिअर्डर वा क्यासियर चेक रद्द गर्न सकिने अवस्था छ भने रद्द गरेर त्यसको प्रमाण र अर्को मनिअर्डर बनाएर दूतावासका नाममा पठाउन भनिएको छ।

यदि लुटमा परेको आफ्नो मनिअर्डर वा क्यासियर चेक कसैले साटेर रकम लगेको थाहा पाए त्यसबारेको विवरण पनि दूतावासलाई दिन भनिएको छ।डिसेम्बरको १५ देखि २० तारिकसम्म टेक्सासका विभिन्न शहरहरुको नेपाली दूतावासले घुम्ती शिविर खडा गरी कन्सुलर सेवा दिएको थियो।

 

 

तपाईको प्रतिक्रिया