Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – अफगानिस्तानकी पूर्वसांसद मुर्सल नबिजादा र उहाँका सुरक्षा गार्डको काबुलस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ ।  ३२ वर्षीया नबिजादा अगष्ट २०२१ मा तबिलान फर्किएपछि पनि देश नछाडेका महिला सांसदहरूमध्येकी एक हुनुहुन्छ ।

उहाँमाथि आइतबार भएको आक्रमणमा उहाँका भाइ र अन्य सुरक्षाकर्मी पनि घाइते भएका थिए । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सुरक्षा बलले घटनाको गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको बताउनुभएको छ ।

पूर्वसांसद मरियम सुलेमानखिलले भन्नुभएको छ, ‘नबिजादा एक सच्चा मशालवाहक हुनुहुन्थ्यो-एक बलियो, स्पष्टवक्ता महिला जो खतराको बाबजुद पनि आफ्नो विश्वासमा अडिग रहनुभयो, उहाँले अफगानिस्तान छोड्ने मौका पाउनुभयो तर त्यहाँ बस्न रोज्नुभएन ।’

नाबिजा सन् २०१८ मा पूर्वी प्रान्त दानानगरबाट संसदमा निर्वाचित हुनुभएको थियो । उहाँ संसदीय रक्षा आयोगको सदस्य हुनुहुन्थ्यो र मानव संशाधन विकास संस्थानमा काम गर्नुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया