Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – विश्वका धनी राष्ट्रहरूको समूह जी-२० को सम्मेलन इन्डोनेसियामा शुरु भएको छ । बालीमा जारी वार्तामा विश्वका धनी राष्ट्रका नेताहरू भेला भएका छन् । भेलामा रुसले युक्रेनमाथि गरेको आक्रमणको निन्दा गर्ने बोलीमा जी–२० मा आवद्ध राष्ट्रहरु नै विभाजित भएका छन् ।

संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले युक्रेनमा रूसको आक्रमणको निन्दा गर्ने प्रस्तावलाई समर्थन गरेपछि मंगलबार जी–२० शिखर सम्मेलनमा असहमति देखा पर्‍यो, जसलाई रुसका विदेशमन्त्रीले अनुचित राजनीतिकरणको रूपमा खारेज गरे ।

इन्डोनेसियाको बाली टापुमा भएको शिखर सम्मेलन गत फेब्रुअरीमा रुसले युक्रेनमा आफ्नो सेना पठाएपछि भएको पहिलो बैठक हो । रूसले ‘विशेष सैन्य अपरेशन’को रूपमा वर्णन गरेको युद्धले आयोजक इन्डोनेसियाले एकताको लागि आह्वान र मुद्रास्फीति, र खाद्य र ऊर्जा सुरक्षा जस्ता विश्वव्यापी आर्थिक समस्याहरू समाधान गर्ने कार्यमा ध्यान केन्द्रित गरे पनि बैठकलाई ओझेलमा पारेको छ ।

‘अधिकांश सदस्यहरूले युक्रेनमा युद्धको कडा निन्दा गरे र जोड दिए कि यसले ठूलो मानवीय पीडा निम्त्याउँदैछ र विश्वव्यापी अर्थतन्त्रमा विद्यमान कमजोरीहरूलाई बढाइरहेको छ,’ १६ पृष्ठको मस्यौदा घोषणामा भनिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिमा आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसको निन्दा गर्ने प्रयासलाई पश्चिमा राष्ट्रहरूले राजनीतिकरण गर्ने प्रयास गरेको भन्दै त्यसलाई घोषणामा समावेश गर्न असफल भएको बताए । लाभरोभले रुसले वैकल्पिक धारणा राखेको र बुधबार मस्यौदा पूरा हुने बताए ।

एक अमेरिकी अधिकारीले यसअघि जी २० ले युक्रेनमा रुसको युद्ध र विश्वव्यापी अर्थतन्त्रमा पार्ने प्रभावको निन्दा गर्ने अपेक्षा गरेको अमेरिकी अधिकारीले बताएका थिए । जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनविरुद्ध रुसको युद्ध स्वीकार्य नहुने सहमतिका उत्साहजनक संकेत रहेको बताएका छन् ।

यसअघि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै विश्व नेताहरूलाई रुसको युद्ध अब अन्त्य गर्नुपर्ने बताए । उनले छिट्टै टुङ्गिने महत्वपूर्ण खाद्यान्न निर्यात सम्झौतालाई अगाडि बढाउन पनि आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया