Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – भारतको सर्वोच्च अदालतले राजीव गान्धी हत्याका दोषी नलिनी श्रीहरन र आरपी रविचन्द्रनलगायत सबै दोषीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले आफ्नो आदेशमा पेरारिवलनको मुद्दामा भएको आदेश नलिनी र रविचन्द्रन दुवैलाई लागू हुने बताएको छ ।

अदालतले तमिलनाडु सरकारले सबै दोषीहरूलाई रिहा गर्न सिफारिस गरेको बताएको छ । दोषीहरूले तीन दशकभन्दा बढी समय जेलमा बिताएका र जेलमा उनीहरूको आचरण सन्तोषजनक रहेको पनि इजलासले जनाएको छ ।

राजीव गान्धी हत्याका दोषी एस नलिनीले अगस्टमा आफ्नो समयपूर्व रिहाइको लागि सर्वोच्च अदालतमा पुगेका थिए । उनले मद्रास उच्च अदालतको आदेशलाई चुनौती दिए जसमा उनको छिट्टै रिहाको लागि निवेदन खारेज गरिएको थियो ।

२०२२ को मे १८, सर्वोच्च अदालतले संविधानको धारा १४२ लाई लागू गर्‍यो र राजीव हत्याको मुद्दामा ३० वर्ष भन्दा बढी जेल सजाय भोगेका पेरारिवलनलाई रिहा गरेको थियो ।

उच्च अदालतले त्यतिबेला उनको निवेदन खारेज गर्दै सर्वोच्च अदालतलाई धारा १४२ बमोजिम विशेष अधिकार दिएको बताएको थियो । यसैबीच राजीव गान्धी हत्याका दोषीलाई सर्वोच्च अदालतले समय अगावै रिहा गरेको भन्दै भारतीय नेशनल कांग्रेसले असन्तुष्टि जनाएको छ ।

कांग्रेसले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘पूर्व प्रधानमन्त्री राजीव गान्धीका हत्याराहरूलाई रिहा गर्ने सर्वोच्च अदालतको निर्णय पूर्ण रूपमा अस्वीकार्य र गलत छ । यसले भारतको भावनामा काम गरेको छैन ।’

तपाईको प्रतिक्रिया