Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – इजरायलमा यसै सातासम्पन्न आम निर्वाचनमा लिकुड पार्टीको बहुमत आएसँगै बेन्जामिन नेतन्याहूलाई पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । यसअघि १५ वर्षसम्म इजरायलको प्रधानमन्त्री बनेको नेतन्याहूलाई पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

नेतन्याहू इजरायली इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने व्यक्ति हुन् । उनी सन् २००९ देखि २०२१ सम्म प्रधानमन्त्री बनेका थिए । त्यतिबेला पनि उनलाई रिलिजियस जियोनिजम पार्टीको समर्थन थियो । नेतन्याहू पहिलोपटक सन् १९९६ देखि १९९९ सम्म प्रधानमन्त्री बनेका थिए ।

नोभेम्बर १ तारिखमा सम्पन्न इजरायलको आम निर्वाचनमा पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी नेतृत्वको गठबन्धनले सबैभन्दा बढी मत ल्याएको हो । योसँगै १२० सिट रहेको इजरायली संसदमा लिकुड नेतृत्वको गठबन्धनले ६४ सिट जितेको छ ।

संसदमा लिकुड पार्टी एक्लैको ३२ सिट छ । लिकुड पार्टीसँग गठबन्धन गरेको चरम दक्षिणपन्थी रिलिजियस जियोनिजम पार्टीले १४ सिट जितेको छ। सरकार गठनका लागि महत्वपूर्ण सो पार्टीले सरकारका सुरक्षालगायत महत्वपूर्ण जिम्मेवारीमा बलिया अडान राख्ने आकलन छ ।

आम निर्वाचनको यो नतिजाले सन् २०१९ पछिको राजनीतिक अस्थिरताको अन्त्य गरेको बीबीसीले उल्लेख गरेको छ । वर्तमान इजरायली प्रधानमन्त्री याइर लापिडले नेतन्याहूलाई बधाइ तथा शुभकामना दिएका छन् ।

साथै, उनले संगठितरूपमा शक्ति बाँडफाँड गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । ‘कुनै पनि राजनीतिक विचारधाराभन्दा अघि इजरायलको राज्य अगाडी आउँछ। इजरायल र यहाँका जनताका लागि मैलै नेतन्याहूको सफलताको कामना गर्दछु’, लापिडले भने ।

सरकारबाट बाहिरिएको १४ महिनापछि नेतन्याहू पुनः सरकारमा सहभागी हुन लागेका छन् । अब इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सरकार गठनका लागि नेतन्याहूलाई आग्रह गर्नेछन् । नयाँ सरकार गठनको प्रक्रिया आगामी सातादेखि शुरू हुनेछ ।

सरकार गठनका लागि नेतन्याहूसँग २८ दिनको समय रहनेछ । रिलिजियस जियोनिजम पार्टीले यसअघि आफू सरकारमा गए ‘भ्रष्टाचारी’ र ‘विश्वास तोड्नेहरू’लाई हटाउने प्रतिबद्धता गरेको थियो । यो विषय पूर्वप्रधानमन्त्री नेतन्याहूमाथि लागेका अपराधहरूसँग सम्बन्धित छ । घुस लिएको र भ्रष्टाचार गरेको आरोप नेतन्याहूमाथि छ । यसविषयमा उनी सुनुवाईको क्रममै छन् ।

यसम्बन्धमा आगामी मंगलबार सुनुवाई हुने तयारी छ। तर नेतन्याहूले आफूमाथिको आरोपको खण्डन गरेका छन् । यस्तोमा सो पार्टीले नेतन्याहूको विषयलाई कसरी हेर्छ भन्नेकुरा प्रतीक्षाको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया