Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – एयरलाइन्स रेटिङ डट कमले २०२२ को विश्वका टप एयरलाइन्सहरुको सूचि सार्वजनिक गरेको छ । सूचि अनुसार कतार एयरवेज विश्वकै उत्कृट एयरलाइन्स कम्पनी बनेको छ ।
यो सूचि कम्पनीले यात्रुका फिडब्याकका आधारमा र एयरलाइन्स कम्पनीहरुले यात्रुलाई दिएको सेवा तथा सुविधा, जहाज चालकको अनुभव तथा सुरक्षा मापदण्डका आधारमा तयार गर्ने गर्छ । सूचिमा जापानको दुई वायुसेवा एएनए (अल निप्पोन एयरवेज) र जाल (जापान एयरलाइन्स) पनि यस बर्षको उत्कृष्ट एयरलाइन्समा पर्न सफल भएका छन् ।
विश्वका उत्कृष्ट १० एयरलाइन्सको सूचि यस्तो छ –
१. कतार एयरवेज
२. सिंगापुर एयरलाइन्स
३. इमिरेट्स एयरलाइन्स
४. एएनए (अल निप्पोन एयरवेज)
५. क्वान्टास एयरवेज
६. जाल (जापान एयरलाइन्स)
७. टर्किस एयरलाइन्स
८. एयर फ्रान्स
९. कोरियन एयर
१०. स्विस इन्टरन्यास्नल एयरलाइन्स
माथि सूचीमा समावेश भएका विश्वका केही चर्चित एयरलाइन्सहरु काठमाडौंमा समेत उडान भरिरहेका छन् ।***

तपाईको प्रतिक्रिया