टोकियो – दसैँमा घर फर्किन नपाएको परदेशीको कथा बोलेको गीत ‘माछा पोखरी…’ सार्वजनिक भएको छ । गायक सूर्य खड्का र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत सूर्य खड्का युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतले दसैंको बेला पनि विदेश गएका युवा घर फर्किन नपाएको वेदनालाई समेटिएको छ । श्रीमतीले नेपालबाट घर फर्की आउन भनेको र श्रीमानले पनि आउँछु भनी बाचा गरेको विषयलाई शब्दमा उतारेर लयबद्ध गरिएको गीत समसामयिक भएकोले धेरैले मन पराउने अपेक्षा गरिएको छ ।
गीतमा शब्द तथा संगीत शिव अखेलीको रहेको छ भने एरेञ्ज विनोद भण्डारीको छ । खडक बाजुरालीले मिक्सिङ गरेको गीतको म्युजिक भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन् । भिडियोमा विनोद भण्डारी, टिका सानु र प्रकाश घिमिरेको अभिनय देख्न सकिन्छ । ***








