Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैँ – अभिनेत्री करिश्मा मानन्धरले एक-अर्कालाई साथ सहयाेग नगर्ने प्रवृतिका कारणले नेपाली चलचित्र विश्वबजारमा पुग्न नसकेकाे बताएकी छन्। नेपाली कथा, नेपाली प्राकृतिक दृश्य र नेपाली कलाकारकाे कला बाेकेकाे चलचित्र विश्वका धेरै भाषामा प्रसारण हुनुपर्ने र यसकाे लागि सम्बन्धित सबैले साथ सहयाेग दिनुपर्ने उनकाे भनाइ छ।

सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छिन्,’ यदि प्रेमगीत-३ त्यति स्तरीय बनेको छ र नेपाली चलचित्र भनेर अन्तर्राष्टियस्तरमा देखाउने क्षमता राख्छ भने यो चलचित्रलाई विभिन्न भाषा, अङ्ग्रेजी, चाइनिज, इटालियन, जापानी, कोरियनलगायत सबै भाषामा स्वराङ्कन गर्नुपर्छ र संसारभरि नै देखाउनु पर्छ। यसमा विकास बोर्डले सहुलियत लगानी गर्नुपर्छ। आखिर विकास बोर्ड त्यसैको लागि स्थापना भएको हो।’

हिन्दी भाषामा पनि डब भएकाे नेपाली चलचित्र प्रेम गीत- ३ लाई कर बढी लगाउने तथा राति आठ बजेपछि शाे नदिने जाेड्दै उनले नेपाली चलचित्रले विश्वबजारमा नाम कमाएकाे बेला नेपाली चलचित्र क्षेत्रले पनि विवादरहित ढङ्गले सबैले साथ सहयाेग दिनुपर्ने बताएकी हुन्।

भाषाको विषयलाई लिएर अवरोध सिर्जना गर्न नहुनेमा उनको जोड छ। नियम व्यक्ति तथा संस्थाले नै बनाएकाले त्यसलाई आवश्यकताअनुसार परिमार्जन गदै लैजानु पर्ने उनको धारणा छ।

 

तपाईको प्रतिक्रिया