
काठमाडौँ – भारतीय कमेडियन कपिल शर्मा आफ्नो लोकप्रिय कमेडी शोको नयाँ सीजन लिएर आउन लागेका छन् । तेस्रो सीजनलाई विश्राम दिएर विश्व भ्रमणमा गएका कपिल र उनको टोली नयाँ सीजनका साथ फर्किएका हुन् । नयाँ सीजनमा कपिलको बेग्लै लूक देखिने भएको छ । आइतवार कपिलले सामाजिक सञ्जालमा आफ्नो तस्वीर राख्दै लेखे, ‘नयाँ सीजन, नयाँ लूक, चाँडै आउँदैछ ।’








