Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – नायकद्वय दयाहाङ राई र सौगात मल्ल अभिनीत चलचित्र ‘२ नम्बरी’ को टिजरले नौ दिनमै १० लाख बढी भ्यूज बटुलेको छ। असोज २१ गतेबाट रिलिज हुन लागेको सो चलचित्रको पहिलो प्रचार सामाग्रीले नै दर्शकमाझ राम्रो छाप छाड्न सफल भएको हो ।

सार्वजनिक टिजरमा दयाहाङ र सौगातका साथसाथै नायिकाद्वय उपासना सिंह ठकुरी र उगेन छोदेन हाबी छन् । दर्शकहरूले विशेष गरी सौगात र उपासनाबिचको संवादलाई रुचाएका छन् । यो चलचित्रको संवादमाथि ३ लाख भन्दा बढी टिकटक बनेका छन् । टिजर भन्दा अझै बुलन्द ट्रेलर सार्वजनिक हुने चलचित्रका प्रस्तुत कर्ता किरण नेपालीको दाबी छ।

दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ यो चलचित्रका निर्माता हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा मिठु तामाङ्नी सह–निर्मात्रीको रूपमा छिन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

तपाईको प्रतिक्रिया