Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

कावासाकी – नेपाली हिन्दु नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा नवलपुर समाज जापानले ‘तीज धमाका’ विशेष साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । नेपालका चर्चित तथा जापानमा रहेर साङ्गीतिक कर्म गर्दै आएका गायक गायिकाको साथमा यही अगस्ट २९ गते सोमबार सो कार्यक्रम गर्न लागिएको हो ।

तीजको दर खाने दिन दिउँसो ३ बजेबाट शुरू गर्ने योजना रहेको ‘तीज धमाका’ कार्यक्रम कावासाकी स्टेसनसँगै रहेको व्यापारिक केन्द्र लाजोनाको ५औँ तल्लामा रहेको हलमा राखिएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिए । संयोजक कँडेलका अनुसार, कार्यक्रममा सहभागिताका लागि साधारण टिकट २ हजार येनको र भिआइपी टिकट १ मान येनको कायम गरिएको छ ।

कार्यक्रममा नेपाली लोकसंगीतका पुराना अनि लोकप्रिय गायक गायिका बद्री पंगेनी र सम्झना भण्डारीका साथमा जापानमा रहेका सङ्गीतकर्मीहरू अमित सापकोटा, निशा क्षेत्री, खेमराज पौडेल, शान्ता जिसी, शिवा केसीलगायतले आफ्नो धमाकेदार प्रस्तुति दिने नवलपुर समाज जापानले जनाएको छ ।
‘हामीले नवलपुर जिल्लाबाट नेपाली गीतसंगीतको क्षेत्रमा उदाएका धेरै कलाकारहरूलाई ल्याउने प्रयास गरेका पनि हौँ,’ संयोजक कँडेलले भने, ‘तर नेपालस्थित जापानी दूतावासबाट भिसा सुनिश्चित हुन नसक्दा त्यो चाहना भने पूरा गर्न सकेनौँ ।’

नवलपुर समाज जापानका अध्यक्ष कृष्ण खरेलले कोरोना कहरका कारण केही वर्षदेखि गुम्सिएका रहरलाई पूरा गराउनका लागि तीज धमाकाको आयोजना गरिएको स्पष्ट पारे । ‘परदेशमा रहेरपनि नेपाली कला संस्कृति अनि रितिथितिको सम्झना र जगेर्ना गर्ने उद्देश्यले हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ,’ अध्यक्ष खरेलले भने, ‘वर्षौदेखिको साथीसंगी अनि ईष्टमित्रसंग भेटघाट अनि जमघट हुने चाहनालाई यो कार्यक्रमले परिपूर्ति गर्ने विश्वास हामीले लिएका छौँ ।’

सो कार्यक्रमलाई भव्य अनि सभ्य किसिमले सम्पन्न गर्नका लागि नवलपुरवासी तथा जापानमा कार्यक्रम स्थल वरपर रहेका सबै नेपाली समुदायलाई सहभागिताका लागि नवलपुर समाज जापानले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया