Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – तमु धीं जापानले सिन्जुकुमा २४ औं रोधी साँझ आयोजना गर्ने भएको छ । मंगोलियन हर्टका गायक राजु लामाको विशेष प्रस्तुतिका साथ यही २१ तारिख आइतबारका दिन रोधी साँझ आयोजना गरिने भएको हो ।

गुरुङ जातीको सांस्कृतिक पर्व रोधी साँझ को तयारी तीव्र पारिएको तमु धीं जापानका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिए । उनकाअनुसार रोधी साँझको आम्दानीबाट बचेको रकम पोखराको काँहुडाडामा निर्माण हुन गइरहेको बुद्ध मण्डल लाई सहयोग गरिनेछ ।

साङ्गीतिक साँझका लागि भिआइपी टिकट १० हजार येन र साधारण टिकट ४ हजार येन तोकिएको छ । गायक लामासँगै जापानमा लोकप्रिय ब्यान्ड ‘द मर्करी ब्यान्ड’को पनि प्रस्तुति रहनेछ । तमुहरूको पर्व रोधी साँझमा उपस्थितिका लागि आयोजकले जापानवासी नेपालहरूमा आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया