Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक भएको छ। असोज २१ गतेबाट रिलिज हुन लागेको यस फिल्मको टिजर बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

फिल्मको टिजरमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन र उपासना सिंह ठकुरीले स्थान पाएका छन्। टिजरमा दयाहाङ र सौगातबिचको मित्रतालाई देखाइएको छ। जहाँ दुवै बन्दुक बोकेर सिकार खेल्न गएको देख्न सकिन्छ। साथै टिजरमा दयाको उगेन र सौगातको उपासनासँगको प्रेम देख्न सकिन्छ।

फिल्ममा सौगात, दयाहाङ, उपासना र उगेनका साथै वुद्धि तामाङ, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङलगायतका कलाकारहरूको अभिनय छ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको यस फिल्मले दुई साथीको मित्रताको कथा भन्नेछ। सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा दीपक मनाङ्गे, अमला देवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा छन्।

तपाईको प्रतिक्रिया