Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगकाे इन्गेजमेन्ट ताेडेकाे बताएकी छन् । उनले आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज तोड्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पार्दै लेखेकी छन्, ‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो ।’

त्यस्तै उनले आफूहरूको विचारमा मेल खान नसकेको उल्लेख गर्दै अगाडि भनेकी छन्, ‘समय छोटो भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन ।’

संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया