Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – केही समयअगाडि अभिनेता राजेश हमालले फिल्म ‘छड्के २’ मा बाबुको भूमिका खेल्न अस्वीकार गरेका थिए।  बुधबार रियालिटी शो ‘मेरो भ्वाइस कप र मेरा डान्स कप’ सिजन ४ को अतिथि बनेर पुगेका अभिनेताले आफ्नो बाबु बन्ने उमेर नभएको बताएका छन्।

‘बाबु त हुन्छु तर आमाबाबुको बाबु हुन्छु। छोराछोरीको होइन। के यो बाउ हुने उमेर हो?,’ उनले भने। उनी केही वर्षयता आफू १७ बाट १६ वर्ष लागेँ भन्दै ठट्टा गरिरहन्छन्। त्यसैगरी उनले आफ्नाे बाबु बन्ने उमेर नभएकाे पनि ठट्याैली शैलीमा भनेका हुन्।

साथै उनले आफ्नो भूमिका सशक्त छ भने कुनै पनि भूमिका गर्न पछि नहट्ने बताएका छन्। ‘कलाकारको लागि यो त्यो भूमिका भन्ने हुँदैन। यदि राम्रो भूमिका छ, सशक्त छ, फिल्ममा गहन भूमिका निर्वाह गर्ने मौका पाएको छ भने कलाकारले जुन भूमिका नि गर्छ,’ उनले भने।

‘युगदेखि युगसम्म’ बाट फिल्ममा प्रवेश गरेका अभिनेता पछिल्लो समय अभिनयमा त्यति सक्रिय छैनन्। तर बेला बेलामा उनी फिल्ममा कमब्याक गर्दैछन् भन्ने खबर आइरहन्छ।उनले काम गर्ने पक्का भएकाे फिल्म ‘सत्यम्’ काे काम राेकिएकाे छ।

तपाईको प्रतिक्रिया