Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – बलिउड अभिनेता सलमान खानले हतियार राख्ने लाइसेन्स पाएका छन्। उनलाई मुम्बई पुलिसले हतियार राख्ने अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले केही दिनअघि मुम्बई पुलिसका कमिश्नर विवेक फनसालकरलाई भेटेका थिए। उनले आत्मरक्षाका लागि हतियार राख्ने अनुमति माग्दै मुम्बई पुलिससमक्ष निवेदनसमेत दिएका थिए।

उनले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका थिए। उनलाई पञ्जाबी गायक सिद्धु मुसेवालाको जस्तै हालत बनाइदिने भन्दै धम्की आएको बताइएको छ। केही समयअघि चर्चित पञ्जाबी गायक सुद्धु मुसेवालाको हत्या भएको थियो।

सलमानले आफूलाई धम्की आएलगत्तै बुलेटप्रुफ कार किनिसकेका छन्।

तपाईको प्रतिक्रिया