Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ – शुक्रवार रणविर कपुर र श्रद्धा कपुर स्टारर फिल्मको सेटमा आगलागी भयो। सो आगलागीमा परेर घाइते भएका एकजनाको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

लव रंजनको ‘अनटाइटल्ड’ फिल्मको सुटिङ मुम्बईको अंधेरी वेस्टको चित्रकुट स्टूडियोमा हुने तय भएको थियो। तर, सेटमा आगलागी भयो। सो फिल्मसँगै राजश्री प्रोडक्सन्सको सेटमा पनि आगो लागेको थियो।

आगलागीमा परेर मनिष देवासी घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषित गरेको छ। ३३ वर्षीय देवासी सेटमा ‘लाइट’ मिलाउने काम गर्थे। आगलागीको कारण भने खुलेको छैन।

तपाईको प्रतिक्रिया