Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा  अर्जेन्टिना विजयी भएकाे छ । घरेलु टाेली अर्जेन्टिनाले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।स्टेडियाे अल्बर्टाे जे अर्मान्डाेमा खेलको ३४ औं मिनेटमा रोड्रिगो डी पउलको पासमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

७९ औं मिनेटमा एन्जल डी मारियाले घरेलु टाेलीकाे अग्रता दोब्बर पारे । उनले पनि डी पउलकै पासलाई सदुपयाेग गरे ।८२ औं मिनेटमा डि मारियाकै पासमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३-० काे सहज जित दिलाए ।

जितसँगै आफ्नो अपराजित यात्रालाई कायम राख्दै १६ खेलमा ३८ अंक जाेडेकाे अर्जेन्टिना दोस्रो स्थानमा रहँदा पराजित भेनेजुएला १७ खेलबाट १० अंकका साथ अन्तिममा छ ।

तपाईको प्रतिक्रिया