Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको पहिलो एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट जारी रहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । तर घरेलु मैदानमा नेपालले सोचेअनुसारको बलिङ गर्न सकिरहेको छैन ।

राष्ट्रिय टिमबाट यही खेलबाटै देव खनालले डेब्यु गरेका छन् । उनले यू–१९ एसिया कपमा नेपालबाट कप्तानी गरेका थिए ।

दुई खेलको एकदिवसीय श्रृंखला र त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको लागि पीएनजी नेपाल आएको हो । युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेलेर पीएनजी नेपाल आएको हो ।

दुवै खेलमा पीएनजी नेपालसँग पराजित भएको थियो । पहिलो खेलमा नेपालले २ विकेटले तथा दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।

घरेलु मैदानमा जारी श्रृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।

तपाईको प्रतिक्रिया