Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ — नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का मंगलबार पल्सर स्पोर्ट्स अवार्डमा दशकका पुरुष खेलाडी घोषित भएका छन् । नेपाली खेलकुद इतिहासमै पछिल्लो एक दशकमा पुर्‍याएको अतुलनीय योगदानका लागि उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

नेपालले उनकै नेतृत्वमा सन् २०१० विश्व क्रिकेट लिग डिभिजन फाइब जितेको थियो र त्यहींबाट नेपाली क्रिकेटका वास्तविक अन्तर्राष्ट्रिय यात्रा सुरु भएको मानिन्छ ।

उनकै नेतृत्वमा सन् २०१३ नेपाल पहिलो पटक एसीसी ट्वान्टी–२० को फाइनलमा पुगेका थियो भने सन् २०१३ विश्व क्रिकेट लिग डिभिजन थ्री जितेको थियो ।
यस्तै सन् २०१३ विश्व ट्वान्टी–२० छनोटमा तेस्रो स्थान हात पार्दै नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्‍याएका थिए । पासरस नेपालका लागि वान डे र ट्वान्टी ट्वान्टी क्रिकेट दुवैमा नेपालका लागि पहिलो शतक बनाउने खेलाडी हुन् ।

 

तपाईको प्रतिक्रिया