Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – अष्ट्रेलियाको सिडनीस्थित एक स्वास्थ प्रयोगशालाले सो क्षेत्रमा संक्रमितको संख्या बढिरहेका बेला सयौं स्वास्थ व्यक्तिहरुलाई समेत कोभिड-१९ पोजिटिभ रिपोर्ट थम्याइएको गल्ती स्वीकार गरेको छ ।

उक्त प्रयोगशालाले भनेको छ, ‘क्रिशमसको अवधिमा तथ्यांक प्रशोधनमा अचानक आएको त्रुटिका कारण प्रयोगशालाबाट गलत स्वास्थ परिक्षण परिणाम प्रतिवेदन बाहिर गएको हो ।’ अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा तीव्र गतिमा सर्ने पछिल्लो कोरोना भेरियन्ट देखा परेपछि संक्रमितको संख्यामा अप्रत्यासित वृद्धि भएको जनाएको छ ।

सरकारी अधिकारीहरुले स्वाविंग टेस्टबाट थुप्रो संख्यामा संक्रमित देखिएको जनाएका छन् । यसरी संक्रमित देखिएकामध्ये केहीले क्रिशमसको जमघटका दौरान आफुहरुले अन्जानमै आफ्ना आफन्त र साथीभाइलाई पनि भाइरस सारेको हुनुपर्ने भन्दै चिन्ता र पश्चाताप प्रकट गरेका छन् ।

मंगलबार सिडप्याथ ल्याबले एक विज्ञप्ति मार्फत आफ्नो लापरवाहीका लागि क्षमायाचना गर्दै यसबाट कूल ८ सय ८६ जना व्यक्ति प्रभावित हुन पुगेको हुनुपर्ने जानकारी दिएको छ । स्वास्थकर्मीहरुले अचानक अप्रत्यासित संख्यामा परीक्षण कार्य गर्नुपर्दा सो त्रुटि देखिएको पनि ल्याबले जनाएको छ ।

गत साताको सुरुमा यही ल्यावले ४ सय जनालाई संक्रमण नभए पनि भाइरस पोजिटिभको रिपोर्ट गएको र तिनीहरुलाई भोलिपल्ट मात्र गल्तीबारे सूचना दिन सकेको जनाएको थियो । साथै सो ल्याबले परीक्षण यकिन भइसकेको अवस्थामा पनि सयौं जनालाई परीक्षण नेगेटिभ आएको गलत सूचना गएको जनाएको छ । यसरी गलत सूचना दिइएकामध्ये ४ सय ८६ जनामा पछि कोभिड पोजिटिभ निस्केको थियो ।

तपाईको प्रतिक्रिया