Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – ओमिक्रोन भेरिअन्टसँग जोडिएका सङ्क्रमणका घटना वृद्धि भएपछि टोकियो महानगरपालिकाले डिसेम्बर २५ देखि जनवरी २०२२ को अन्त्यसम्म निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गरेको छ । महानगरपालिकाले कोरोना भाइरसको लक्षण नदेखिएका टोकियोका बासिन्दाहरूलाई निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

यस व्यवस्थापन अनुसार राजधानीमा बसोबास गर्ने र कोरोना भाइरस सङ्क्रमणको डर मानेका तर कुनै पनि लक्षण नदेखिएका व्यक्ति निःशुल्क पीसीआर परीक्षण सेवाको लागि योग्य मानिने छ। यो सुविधा लिन चाहने सेवाग्राहीले आईडी देखाउनु पर्नेछ तर उमेर, खोप लिए नलिएको जानकारी र अपोइन्त्मेन्त लिनु आवश्यक छैन ।

यो अभियान डिसेम्बर २५ मा १२ वटा निजी परीक्षण स्थलमा सुरु भएको थियो भने  सोमबार देखि टोकियोका १८० साइटहरू र औषधि पसलहरुमा प्रति दिन लगभग ३०,००० परीक्षणहरू सञ्चालन गर्ने तालिका रहेको छ ।

परीक्षणको नतिजा सोहि दिन वा भोलिपल्ट उपलब्ध हुने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया