Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन भेरियन्ट’ ले विश्वमा जस्तै जापानमा पनि त्रास बढाएको छ।

जापानले आज देशमा थप चार जनामा नयाँ भेरियन्टओमिक्रोनको संक्रमण देखिएको पुष्टि गरेको छ। योसंगै जापानमा ओमिक्रोनबाट संक्रमितको हुनेको संख्या १७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले डिसेम्बर ६ र ९ को बीचमा जापानका विभिन्न अन्तर्राष्ट्रिय एयरपोर्टमा आइपुगेका चार व्यक्तिमा कोरोनाभाइरसको परीक्षण सकारात्मक देखिएको र राष्ट्रिय संक्रामक रोग संस्थानले नमूनाहरूको थप विश्लेषण गर्दा ओमिक्रोन भएको जनाएका छन् ।

संक्रमित चार जना- नाइजेरियामा बसेर गत सोमबार नारिता एयरपोर्टमा आएका ४० वर्षीय पुरुष, संयुक्त राज्य अमेरिकामा बसेर बुधबार कन्साई विमानस्थलमा आइपुगेकी २० वर्षकी महिला, केन्यामा बसेर बुधबार नै नारिता विमानस्थलमा आइपुगेका ३० वर्षका पुरुष र बिहीबार संयुक्त राज्य अमेरिकामा बसेर हानेडा एयरपोर्टमा आइपुगेका २० वर्षका एक पुरुष हुन् ।

चारै जनाको मेडिकल वा अन्य सुविधामा उपचार भइरहेको अधिकारीहरुले बताएका छन् ।

संक्रमितमध्ये तीन जनाले फाइजर भ्याक्सिनको दुई डोज लगाएको र उनीहरुमा कुनै लक्षण नदेखिएको बताइएको छ ।

जापानमा पहिलोपटक नोभेम्बर ३० मा ओमिक्रोन देखिएको थियो। ओमिक्रोन भेरियन्ट देखिएसँगै जापानले सीमा नियन्त्रण कडा पारेको छ। नयाँ संस्करणको लागि स्क्रीनिंग परीक्षण कार्यलाई थप प्रभावकारी बनाएको छ भने ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले अन्य विभिन्न प्रयास जारी राखेको छ।

कोरोना भाइरसको संक्रमणमा कमि देखिन थालेको जापानमा संक्रमणको सम्भावित छैठौ लहरले चिन्तित बनाएको छ ।

तपाईको प्रतिक्रिया