Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गरेका छन् ।

उनले विश्वभर नै खोपको माग अत्याधिक रहेकाले कोभ्याक्सले पनि सोचे अनुरुपको खोप प्राप्त गर्न असफल भएको पनि बताए । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि खोप नै निर्णायक हुने बताएका हुन् ।  उनले सबै वयस्क नागरिकलाई खोप लगाएर कोरोना महामारीलाई नियन्त्रण गरिछाड्ने दाबी गरेका छन् ।

‘कोभिड महामारीमाथिको विजयका लागि खोप अनिर्वाय छ । हालसम्म हामीलाई अनुदानबाट ३२ लाख २८ हजार डोज, खरिदबाट उपलब्ध १० लाख डोज बाट खोप अभियान अगाडि बढाएका छौं । पहिलो मात्रा खोप लगाएका नागरिकहरुलार्य दोस्रो डोज जसरीपनि उपलब्ध हुने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु,’ ओलीले भने, ‘थप खोपको व्यवस्था गरेर सबै वयष्क नागरिकलाई खोप लगाएर महामारीलाई नियन्त्रण गरिछाड्ने विश्वास दिलाउन चाहन्छु ।’

तपाईको प्रतिक्रिया