Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ ।

सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले तीन महिनाभित्र उनलाई काम लगाउन दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओलीसमेत विरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको हो ।

विज्ञान तथा प्रविधि मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा, मेट्रोलोजी समूहको राजपत्रअंकित प्रथम श्रेणी पदमा कार्यरत रहँदाको अवस्थामा सो दरबन्दी कटौती हुँदा आफूलाई अन्यायपूर्वक सरकारले फाजिलमा राखेकाले वृत्ति विकासमा असर परेको भन्दै सो मन्त्रालयका सहसचिव रामआधार साहले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले तीन महिनाभित्र उनलाई काममा लगाउनू भन्ने आदेश दिएको थियो ।

यो आदेश अवज्ञा गरेको भन्दै प्रधानमन्त्री ओली, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मुख्यसचिव लोकदर्शन रेग्मी, संघीय मामिला तथा सामान्य प्रशासनसचिव दिनेशकुमार थपलियालाई अवहेलना मुद्दामा विपक्षी बनाइएको छ ।

तपाईको प्रतिक्रिया