Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

हुम्ला – जिल्लाकै मध्यक्षेत्रको सर्केगाड गाउँपालिकाबाट केन्द्रबाट प्राप्त हुने शसर्ततर्फको बार्षिक विनियोजित बजेटको अभावले महिलाहरु उधारोमा प्रसूति भत्ता स्वीकार्न बाध्य छन् ।

नियमअनुसार हिमाली क्षेत्रमा महिलाले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि १ हजार ५ सय रुपैंयाँ प्रसूति भत्ताबापत पाउन ब्यवस्था छ ।

यो भत्ताको ब्यवस्था सरकारले गरेपछि यसरी बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउने महिलाको संख्या निकै बढेको छ ।

केन्द्रले संख्यामा भन्दा पनि बढी महिलाले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि हालसम्म प्रसूति भत्ता उधारोमा राख्नुपरेको हो ।

तपाईको प्रतिक्रिया