Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं –  निजामती किताबखानाले झुक्याएर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोडभन्दा बढी रकम असुल्ने निर्णय गरेको छ । रकम असुल उपर नहुँदासम्म ती सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत किताबखानाले गरेको छ ।

गत आर्थिक वर्ष २०७४/७५ र चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको अवधिमा पाँच दर्जन बढी कर्मचारी कारबाहीमा परेको किताबखानाले जानकारी दिएको छ । कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि सहसचिवस्तरका कर्मचारी छन् ।

किताबखानाका अनुसार पहुँच र शक्तिका भरमा तथा सरकारलाई ढाँटेर जागिर खानेहरूमाथि कारबाही थालिएको हो । यसअघि किताबखानाले कडाइ नगर्दा कतिपय कर्मचारीले सेवानिवृत्त भएको सात वर्षसम्म पनि जागिर खाइरहेको पाइएको छ ।

तर, अहिले किताबखानाले विशेष निगरानी गर्दै खोजतलासलाई व्यापक पार्न थालेपछि बढी अवधि जागिर खाएका कर्मचारीहरू धमाधम कारबाहीमा पर्न थालेका हुन् । किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले उमेर सकिएपछि पनि जागिर खाने कर्मचारीबाट करोडौं रुपैयाँ असुल गर्ने निर्णय भएको जानकारी दिनुभयाे ।

प्रवक्ता पराजुलीले रकम असुल नहुँदासम्म सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत गरिएको बताउनुभयाे । किताबखानाले उनीहरूमाथि थप छानबिन थालिएको जनाएको छ ।

जागिर अवधि सकिएपछि पनि उनीहरूले लिएको थप तलब, सुविधा तथा भत्ता बापतको सबै रकम जफत गर्ने निर्णय भएको किताबखानाका प्रवक्ता पराजुलीले जानकारी दिनुभयाे। पेन्सन पट्टा रोक्का भएका कर्मचारीले अब सबै रकम राज्यकोषमा दाखिला गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया