Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानवशास्त्र केन्द्रीय विभागका तत्कालिन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गरी नियम विपरित १३ करोड रूपैयाको परियोजना संचालन गरेको खुलासा भएको छ ।

विभागीय प्रमुखको हैसियतमा रहदा त्रिवि कार्यकारी परिषदको स्विकृत नलिइ युएसएआइडी र त्रिविको लोगो प्रयोग गरेर पदको दुरुपयोग गर्नुभएको छ । उप्रेतीले आफु प्रमुख रहदा ‘अ स्टडी अन स्टेट अफ सोसियल इन्क्लुजन इन नेपाल‘ तीन वर्षे परियोजना सम्झौता गर्नुभएको थियो ।

त्रिविको लोगो प्रयोग गरी विवादमा तानिएपछि प्राडा उपे्रतीले राजिनामा दिनुभएको छ । त्रिविले उहाको गतिविधि प्रति शंका गर्दै छानविन शुरु गरेपछि राजिनामा दिनुभएको स्रोतले जनाएको छ । युएसआइडीका सम्झौता अधिकृत एरिक मारर्कोभ र उप्रेतीवीच अप्रिल १ २०१७ देखि ३० अप्रिल २०२० सम्मकालागि सम्झौता गरिएको थियो ।

त्रिविको आधिकारिक स्वीकृत नलिइ आफुखुसी परियोजना स्विकृत गरी सोही रकमबाट त्रिविमा शैक्षिक सुधारको साटो आफ्ना नजिककालाई नियम विपरित कार्यालय सहयोगीको रुपमा कार्यरत कर्मचारीलाई ५० हजार रुपियासम्म उपलब्ध गराउदै आएका उप्रेतीले उच्च राजनीतिक संरक्षणमा काम गरेको बुझिएको छ ।

त्रिवि स्रोतका अनुसार आफु कार्यालयमा उपस्थित नहुने हप्तौसम्मको हाजिर एकैचोटी गर्ने र त्रिविको स्विकृत नलिइ परियोजना संचालन गरी बैकमा खाता खोली आर्थिक दुरुपयोग गरेको प्रमाण त्रिविले फेला पारेपछि कारवाही प्रकृया अगाडि बढाएको थियो ।

प्राडा उप्रेतीले परियोजना संचालन गर्न आफुखुसी मानवशास्त्र संकायमा अध्यापनरत ४ जना शिक्षकलाई नियुक्ती दिई ३ वर्षको करिब ८३ लाख रुपिया दिने सम्झौता गरेको कागजात फेला परेको छ । सो परियोजनामा प्राडा उप्रेती संयोजकको रुपमा रहनुभएको थियो । उहाको तीन बर्षको तलब ३० लाख रुपिया तोकिएको छ ।

त्यस्तै प्राडा मुक्तासिं लामालाई अनुसन्धान निर्देशकको रुपमा नियुक्ती गरिएको छ । उहाको तीन बर्षको तलब ८३ लाख तोकिएको छ । प्राडा विनोद पोखरेललाई वरिष्ठ मानवशास्त्रीको जिम्मेवारी दिइएको छ । उहालाई प्रति महिना ७० हजार रुपिया दिने सम्झौता गरिएको छ ।

 

तपाईको प्रतिक्रिया