Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं –  सरकारले नेपाल वायुसेवा निगमको आर्थिक अवस्था कमजोर भएको भन्दै नयाँ साझेदार भित्र्याउने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी निगममा साझेदार भित्र्याउने पक्षमा हुनुहुन्छ । अहिले निकै घाटामा रहेको निगमले गत महिनामात्र सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले सरकारले निगमलाई सो रकम दिन नसक्ने भन्दै अर्को साझेदार कम्पनी भित्र्याउन सुझाउनुभएकाे थियाे ।

बुधबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले पनि अर्थमन्त्रीको सुझाव बमोजिम साझेदार भित्र्याउने पक्षमा उभिएर निगमलाई अर्को साझेदार थप्ने बताउनुभयाे ।

तपाईको प्रतिक्रिया