
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुस्तक ‘माई भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिलाई उपहार दिनुभएकाे छ । अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका पुराना र नयाँ भाषण संकलित छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत ओलीको किताब म्यानमारकी नेतृ आङ सान सुकीसहित ७ विदेशी विशिष्ट पाहुनाले शनिबार सार्वजनिक गरेको बताउनुभएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हालै प्रकाशित गरेको पुस्तक ओलीले हस्ताक्षर गर्दै बाँड्नुभएकाे थियाे । पुस्तकको लागतबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उल्लेख गर्न चाहेन ।








