Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहनुभएको थियो । पाँच दिनका लागि जानुभएका उहाँ टोकियो, ओसाकालगायत केही सहर घुम्नुभयो ।

शुक्रबार काठमाडौं आइपुग्ने उहाँ सम्भवतः चाँडै अर्को देश जानुहुनेछ । किनकि उहाँ प्रायः घुमेको घुम्यै गर्नुहुन्छ। मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त विदेशमै बिताइसक्नुभयो । जापान उहाँको १३ औं भ्रमण हो ।

विदेशमा सरकारका सदस्य भ्रमणमा निस्कँदा जरुरीलाई ख्याल राख्छन् । पाकिस्तानका प्रधानमन्त्री इम्रान खान बुधबार मलेसिया गए, बिहीबार फर्के । आवश्यक ‘डिल’ एकै दिनमा सके । मलेसियाका मानव संशाधनमन्त्री एम कुला संगेरा तीन साताअघि काठमाडौं ओर्लिए । भोलिपल्टै क्वालालम्पुर पुगे ।

नेपालमा गरेको सम्झौता र त्यसले सम्बन्धमा बढाएको प्रभाव क्वालालम्पुर पुगेर सुनाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा अन्य मुलुकका विशिष्ट पाहुना नेपाल आउँदा समयमा मितव्ययी बन्छन् । तर हामी त्यसबाट सिक्ने होइन, फुर्सद मिलेको झैं सहर घुमेरै बिताउँछौं ।

‘तपार्इंका मन्त्रीहरूले कतिबेला काम गर्छन्, खै ? हुन्न केही भन्दैनन्, गर्ने केही होइन । केही भन्न गयो, भ्रमणको कुरा गर्छन्’, काठमाडौंस्थित एक विदेशी नियोगका अधिकारीले भने ।

तपाईको प्रतिक्रिया