Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – नेकपाको ४५ सदस्यीय स्थायी समिति छ । ढिलोमा तीन महिनाभित्र बैठक बस्नु पर्ने व्यवस्था विधानमा छ । पार्टी स्थायी समितिको बैठक २१ असारमा बसेको थियो । त्यसयता चार महिनामा पाँच पटक बैठक स्थगित भएका छन् ।

दुई पार्टीबीचको एकीककरण हस्ताक्षर गर्ने प्रयोजनका लागि १० जेठमा केन्द्रीय सदस्यहरुको भेला बोलाइएको थियो । तर, त्यसमा कुनै छलफल भएन। केन्द्रीय कमिटिमा ४४१ सदस्य भए पनि उनीहरुले कुनैपनि विषयमा बैठकमा छलफल गर्न पाएका छैनन् ।

नेकपाको विधानमा केन्द्रीय कमिटिको एकतिहाइ सदस्य रहने गरी पोलिटव्यूरो गठन गर्ने भनिएको छ । यो हिसावले १४७ जनाको पोलिटव्युरो गठन हुनसक्छ। तर, प्रदेश र जिल्ला कमिटी गठनमै विवादमा परेको नेतृत्वले पोलिटव्यूरो बनाउन सकेको छैन । प्रधानमन्त्री केपी ओलीले महिनामा दुईपटक पार्टी कार्यालय जाने र नेता कार्यकर्तासँग कम्तीमा दुई घन्टा छलफल गर्ने घोषणा गरेका थिए ।

तर १ साउनमा पार्टी कार्यालय धुम्बाराही पुगेपछि ओली पार्टी कार्यालय गएका छैनन् । प्रधानमन्त्री मात्र होइन, मन्त्रीहरु पनि पार्टी कार्यालय जाँदैनन्। पार्टीमा सरकारको समीक्षा नभएको चार महिना भइसकेको छ । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले तीनै तहका सरकार ठिक ढंगले नचलेको भन्दै आलोचना गरेका छन्।

तपाईको प्रतिक्रिया