Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

बुटवल – शिक्षाको स्तर सुधार गर्न राज्य र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने शिक्षा क्षेत्रका अगुवाहरुले बताएका छन् । शिक्षाको स्तर कमजोर बन्दै गएको स्वीकार गर्दै उनीहरुले शिक्षालाई स्तरीय बनाउने दायित्व राज्यको भएको बताए । शिक्षकहरु संगठनको झोला बोकेर विद्यालय आउने र संगठनहरुले पनि क्षमताहिन र काम नगरी ठग्ने शिक्षकहरुलाई नेतृत्व दिन बन्द नहुँदासम्म विद्यार्थीले स्तरीय शिक्षा निन नसक्ने बताए ।

रिपोर्टर्स क्लव प्रदेश नम्बर पांचद्वारा आज बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा आफ्नो अवधारणा प्रस्तुत गर्दै शिक्षा पत्रकार समूहका सदस्य कृष्ण मल्लले शिक्षामा सरकारी र निजी दुवै क्षेत्रबाट मनपरी भएको बताउनुभयो । उहाँले सरकारी र निजी दुवै क्षेत्रका कमजोरीलाई सुधारेर मात्र शिक्षामा सुधार आउन सक्ने भन्दै केही विद्यार्थीले राम्रो जिपीए ल्याउँदैमा विद्यालयमा विद्यार्थीको भिड जम्मा पार्दैमा त्यो विद्यालयको शैक्षिकस्तर राम्रो भएको मान्न नसकिने बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख टिकाराम अर्यालले एकआपसमा आरोप प्रत्यारोप भन्दा पनि सबै मिलेर शिक्षामा सुधार ल्याउनुपर्ने बताउनुभयो । स्तरीय शिक्षाका लागि राज्यले मापदण्ड बनाउनुपर्ने भन्दै उनले पाठ्यपुस्तक र पाठ्यक्रम वैज्ञानिक हुनुपर्ने उहाँको भनाई छ । बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख लोकराज पन्थीले स्तरीय शिक्षाका लागि नितिगत रूपमै स्पष्ट हुनुपर्ने बताउनुभयो ।

प्याब्सन प्रदेश नम्बर पाँचका अध्यक्ष कृष्ण खनालले शिक्षाको स्तरवृद्वि गर्न अहिलेको शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । अहिलेको परम्परागत शिक्षा प्रणाली निजी क्षेत्रको बाधक रहेको उहाँको गुनासो छ । कालिका माध्यमिक विद्यालयलका प्रधानाध्यापक घनश्याम पाठकले पाठ पढेर परिक्षामा ल्याउने अंक मात्र नभई आफ्नो राष्ट्रियता, संस्कार, संस्कृति र व्यवहारसंग मेलखाने शिक्षालाई मात्र स्तरीय शिक्षा भन्न सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया