काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न पाउने गरी अध्यादेश प्रतिस्थापन विधेयक ल्याएपछि सदनमा बोल्दै नेपाली कांग्रेसका सांसद एवम् पुर्व स्वास्थ्य मन्त्रीले चिकित्सा शिक्षा विधेयकबारे शून्य समयमा बोल्दै थापाले आक्रोश पोख्नुभएको छ ।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमा राखिएको प्रावधानप्रति गम्भिर आपत्ति जनाउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सून्य समयमा बोल्दै एक मिनेटभित्र सरकार र त्यसको नेतृत्वविरुद्ध उसले ल्याएको विधेयक र त्यसको विरोधमा उत्रिएका डाक्टर गोविन्द केसीविरुद्ध अपनाएको व्यवहारप्रति पनि आपत्ति जनाउनुभयो ।
तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्षबीच पार्टी एकीकरणका विषयमा भक्तपुरमा दुर्गा प्रसाईको घरमा वार्ता भएको थियो । प्रसाई झापाको विर्तामोड स्थित बि एण्ड सी मेडिकल कलेजका सञ्चालक हुन् । उहाँको घरमा दुवै नेताले २०७४ फागुन ६ गते खाना खाँदै गरेको तस्वीर सार्वजनिक भएको थियो ।








