Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – नेपाल आइडल सिजन वानमा उत्कृष्ट नौमा परेर चर्चामा आएकी गायिका सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ ।

कादम्बरी दाना श्रेष्ठले रचना गरेको ‘शुभकामना’ बोलको गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापाले संगीत भरेका छन् भने एरेन्ज उद्धवराज पौडेलले गरेका हुन् । गीतको भिडियोमा गायिका जोशी स्वयम्ले अभियन गरेकी छिन् । एकल अभिनयमा सन्ध्याले दर्शकलाई न्याय गरेको अनुभूति भिडियो हेर्दा हुन्छ ।

गीतको निर्देशन, छायांकन र सम्पादन देवजंग थापाले गरेका हुन् । सन्ध्याले अघिल्लो शुक्रबार मात्र नयाँ गीत ‘मिर्मिरे’ सार्वजनिक गरेकी थिइन् । गायिका जोशीले यसअघि दुई गीत सार्वजनिक गरिसकेकी छन् ।

तपाईको प्रतिक्रिया