Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच अहिले द्वीपक्षीय वार्ता भइरहेको छ । राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा प्रतिनिधि मण्डलसहित दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता भएको हो ।

समकक्षी खछ्याङसँगको भेटवार्ताअघि चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिएको थियो । भेटवार्तामा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली,  गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री वर्षमान पुन, चीनस्थित नेपाली राजदूत लीलामणि पोखरेल लगायतको सहभागिता छ । छलफलपछि विभिन्न समझदारीमा हस्ताक्षर हुने जनाइएको छ ।

केही ठूला आयोजनामा सहयोग, चीनसँग थप नाका खुला गर्ने, तातोपानी र केरूङमा पक्की पुल बनाउने र यसअघि भएका सम्झौताको कार्यान्वयनका समीक्षा गर्न सचिवस्तरीय समिति बनाउने लगायतका विषयमा हस्ताक्षर हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया