काठमाडौं – हेटौंडामा जारी कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा आजपनि जिल्ला सभापतिहरुले आफ्नो धारणा राख्ने क्रम जारी हुने भएको छ । हिजोसम्म ३९ जिल्ला सभापतिले धारणा राखेका छन् ।
भेलामा प्रदेशगत रुपमा पनि छलफल गरेर सुझाव मागिएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो । भेलाको दोस्रो दिन हिजो आफ्नो धारणा राख्ने क्रममा अधिकांश जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली प्रति प्रश्न उठाएका थिए ।
उनीहरुले कांग्रेस इतिहासकै कमजोर परिस्थितीबाट गुज्रिएको भन्दै पार्टी बचाउन मुलुकभर जागरण अभियान सञ्चालन गर्न नेतृत्वलाई सुझाएका छन् । उनीहरुले पार्टी नेतृत्वले प्रमुख प्रतिपक्षिको भुमिका समेत निभाउन नसकेको गुनासो गरेका थिए ।








