Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  कागजपत्रविहिन आप्रवासीका परिवारलाई एकैसाथ राख्ने सम्बन्धि एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

अमेरिकी सीमा क्षेत्रमा बढेको तनाव एवं अत्याधिक जनदवावपछि राष्ट्रपति ट्रम्पले यसअघिको आफ्नै निर्णयलाई उल्ट्याउँदै कागजपत्रविहिन आप्रवासी परिवारलाई एकसाथ राख्ने आदेशमा हस्ताक्षर गर्नुभएको हो । तर गैरकानुनीरुपमा अमेरिकी सीमा पार गर्नेहरुविरुद्ध भने शुन्य सहनशीलताको नीति अझै यथावत रहको राष्ट्रपति ट्रम्पको अडान छ ।

आप्रवासीका परिवारलाई एकसाथ राख्नुपर्ने भावनालाई राम्रोसँग बुझेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘मुटु हुने जोसुकैले पनि यो भावनालाई बुझ्न सक्छ, म र मेरो परिवारका सदस्यले समेत यो कुरालाई राम्रोसँग बुझेका छौँ, हामी परिवार अलग भएको हेर्न पनि चाहँदैनौँ ।’

सीमाक्षेत्रबाट प्रवेश गर्ने कागजपत्रविहिन आप्रवासीलाई परिवारबाट छुट्याएको र बालबालिकालाई बुबा–आमाबाट छुट्याएर अलग राखिएको भिडियो, तस्वीर र समाचारहरु  सार्वजनिक भएपछि अमेरिका लगायत अन्तर्राष्ट्रिय स्तरबाट ट्रम्प प्रशासनको चर्को आलोचना भएको हो ।

सीमाक्षेत्रमा झण्डै २३ सय कागजपत्रविहिन बालबालिकालाई उनीहरुका बाबुआमाबाट छुट्याएर राखिएको बीबीसीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया