Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – चीनबाट काठमाडौंसम्म रेल ल्याउने विषयमा नेपाल र चीनबीच विहीबार महत्वपूर्ण सम्झौता हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनिया पक्षबीच आज रेलसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ भूमि सिगात्सेसम्म आइपुगेको रेल काठमाडौंसम्म जोड्न चीन सहमत भएपनि लगानी लगायतका विषयमा भने टुंगो लागिसकेको छैन । सम्झौतामा लगानीको विषय पनि समेटिने समाचार श्रोतहरुले दावी गरेका छन् ।

नेपाल र चीनबीच यसबारेमा छलफल भइरहेपनि टुंगो भने अझै लागिसकेको छैन । श्रोतहरुका अनुसार लगानीमध्ये केही चीनले अनुदानमा ब्यहोर्ने र केही ऋण दिने सम्भावना छ ।

नेपालले चीनलाई सवै अनुदानमा रेलमार्ग बनाइदिन आग्रह गरेपनि चिनियाँ पक्षले शतप्रतिशत अनुदान दिन नसक्ने कुरा घुमाउरो तरिकाले जानकारी गराएको छलफलमा सहभागी नेपालका सरकारी अधिकारीहरुले बताएका छन् ।

नेपालले ऋण लिएरै भएपनि चिनियाँ रेलको परियोजना अघि बढाउने तयारी गरेको छ । तर ऋण चीन सरकारले नै दिने वा नेपालले अरु दातृ निकायँंग खोज्नुपर्ने तथा चीनले नै दिने भए ब्याजदर कति हुने लगायत कुरामा सहमति हुन बाँकी छ ।

भनेजस्तो भएमा अबको ७–८ वर्षमा काठमाडाैंसम्म चिनियाँ रेल आइपुग्ने नेपाली पक्षको दावी छ । अबको बढीमा २ वर्षभित्रमा रेलको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने, त्यसपछि काम थाल्ने र ५ वर्षसम्ममा सिगात्सेबाट काठमाडौंसम्म रेल ल्याइपुर्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज सहमति भए र त्यसअनुसार काम अघि बढे नेपाल र चीन रेलमार्गमा जोडिने कुरा सपना मात्र नहुने दुवै देशका सरकारी अधिकारीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया