Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – हुन्डीको मुख्य कारोवार गर्ने र सुन तस्करीमा संलग्न रहेको भन्दै व्यापारी विमलकुमार पोद्धारलाई नियन्त्रणमा लिइएको छ ।

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले पोद्धारलाई नियन्त्रणमा लिएको हो ।

उनलाई अनुसन्धान टोलीले मंगलबार राति उनकै निवास डिल्लीबजारबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया