Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

दाङ – कमलरी मृत्युको घटनाबारे छानविनको माग गर्दै पश्चिम तराईका मुक्त कमलरी आन्दोलित भएका छन् । उनीहरुले आज पश्चिम तराईका पाँच जिल्लामा प्रदर्शन गरेका छन् । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले दोषी माथि तत्काल कारबाहीको माग गरेका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिका ७ का दुर्गा भण्डारीले कमलरी राखेकी बाँसगढी नगरपालिका ४ अस्नेरीकी ११ वर्षीया अस्मिता थारु जेठ २९ गते मृत फेला परेकी थिइन् । पाँच वर्षदेखि कमलरी रहेकी थारु भण्डारीकै घरमा झुण्डिएको अवस्थामा फेला पर्नु रहस्यमय भएको मुक्त कमलरीको भनाई छ ।

‘अस्मिताको आत्महत्या होइन हत्या हो, हत्यारालाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, बेपत्ता कमलरीको खोजी गर, कुमारी आमा बनेकालाई न्याय दे, कमलरीको उद्वर गर, कमलरीलाई परिचयपत्र बितरण गर्, कमलरी राख्नेलाई कारबाही गर,’ जस्ता नारा लगाउँदै मुक्त कमलरीले बजार परिक्रमा गरेका थिए । दाङको घोराही बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेर मुक्त कमलरीले केहीबेर धर्ना दिएका थिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउँदै मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले कमलरी हत्याबारे तत्काल छानविन हुनुपर्ने माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया