Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – पूर्व युवराज पारस शाहले गोरखकाली र गोरखनाथको विशेष पूजा गर्नु भएको छ । धार्मिक भ्रमणको क्रममा हिजो गोरखा सदरमुकाम आइपुग्नु भएका शाह बिहान गोरखा दरबार पुग्नु भएको हो । त्यस क्रममा राजसंस्था पक्षधरहरूले शाहलाई मोटरसाइकल र्यालीसहित दरबार पुर्याएका थिए । पार्किङस्थलबाट झण्डै २० मिनेट हिँडेर शाह गोरखकाली मन्दिर पुग्नु भएको हो । ठाउँ–ठाउँमा शाहलाई स्थानीय बासिन्दा, गोरखा दरबारका कर्मचारी लगायतले फूलमाला दिएर स्वागत गरेका थिए । राजावादीहरूले पञ्चेबाजा बजाउदै शाहलाई मन्दिरसम्म पुर्याएका हुन् । पूजारीले हातमा खन्याइदिएको पानीले शरीरमा अभिशेष गरी पूर्व युवराज शाह मन्दिरको पूजा कोठामा पस्नु भएको थियो । तत्कालीन राजपरिवारले पूजा गर्ने कक्षमै लगेर पूजा आराधनाको व्यवस्था मिलाइएको थियो । जहाँ अहिले पनि सर्वसाधारणलाई प्रवेश दिइन्न । गोरखकालीलाई पूर्वराजपरिवारले कूलदेवीको रूपमा मान्दै आएको मन्दिरका पुजारीमध्येका एक हरिबाबू अर्यालले बताउनुभयो । शाहले झन्डै सवा एक घण्टा लगाएर गोरखकालीको पूजा गर्नु भएको थियो ।  ‘तान्त्रिक विधिबाट शोषडोपचार पूजा गर्नुभयो’, पुजारी अर्यालले भन्नुभयो । त्यसपछी शाहले गोरखा दरवार संग्रहालयको अवलोकन गर्नु भएको थियो । त्यहाँ रहेका पूराना तोप र हातहतियार कक्षमा रहेका सामग्रीबारे पूर्वयुवराज शाहले विशेष चासो राख्नु भएको थियो । सङ्गंग्रहालय परिसरमै रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उहाँ काठमाडौ फर्कनु भएको छ ।

तपाईको प्रतिक्रिया