Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – पानी नपरेपछि काठमाडौं उपत्यकासहित देशभर नै गर्मी बढेको छ । यसवर्ष मनसुन समयमै भित्रिए पनि ठूलो पानी नपरेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । पूर्वको तुलनामा मध्य र पश्चिमी क्षेत्रमा गर्मी धेरै छ ।

काठमाडौंमा अस्ति सोमबार ३० दशमलव २ डिग्री सेल्सियस पुगेको तापक्रम बढेर हिजो ३१ डिग्री सेल्सियससम्म पुगेको छ । आज ३२ डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद्को अनुमान छ ।नेपालगंजमा तापक्रम ३९ डिग्रीसम्म पुगेको छ ।

सिमरा, भैरहवा, धनगढी र दिपायलको तापक्रम ३८ डिग्रीभन्दा माथि पुगिसकेको छ । विराटनगर, धरान र वीरेन्द्रनगरको तापक्रम ३४ डिग्री भन्दा माथि छ । पूर्वको तुलनामा पश्चिममा तापक्रम धेरै बढेको र आज हिजोको तुलनामा एक डिग्रीसम्म तापक्रम बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।

अझै केही दिन ठूलो पानी पर्ने सम्भावना नभएकाले गर्मी अझै बढ्न सक्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पश्चिमी वायु सक्रिय भएका कारण मनसुन सक्रिय हुन नसकेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुनी वायु सक्रिय हुनका लागि पूर्वी वायूको प्रभावले पश्चिमी वायु कमजोर हुनुपर्दछ ।

तपाईको प्रतिक्रिया