Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं– २०१८ फिफा विश्वकपको दाबेदार ब्राजिलका फरवार्ड नेइमारले खुट्टाको चोटका कारण प्रशिक्षण त्यागेका छन्। स्विट्जरल्यान्ड विरुद्धको खेलमा उनको दायाँ गोलीगाँठोमा सामान्य चोट लागेको थियो। जसका कारण २६ वर्षीय नेइमारले मंगलबार केहिबार मात्र प्रशिक्षक गरेका थिए।

Nepal Live

सोमबार भने उनी प्रशिक्षणमा सहभागी थिएनन्। ब्राजिलियन टिमका प्रवक्ता भनिकुअस रोद्रिगेजका अनुसार नेइमार अहिले फिजियो समक्ष उपचार गराइरहेका छन्। उनी बुधबार बेलुकाको प्रशिक्षणमा सहभागी हुने प्रवक्ताको भनाइ छ।

गत फेब्रुअरीमा खुट्टाको शल्यक्रिया गरेपछि नेइमारले त्यसपछि सिजनका सबै खेल गुमाएका थिए। नेइमार विश्वकपको वार्मअप खेलमा मैदान फर्किएका थिए। क्रोएसिया विरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेर उनले उत्कृष्ट पुनरागमन गरेका थिए। अस्ट्रिया विरुद्धको पनि गोल गरेका विश्वकपको पहिलो खेलमा भने चल्न सकेनन्।

समूह ‘ई’ मा रहेको ब्राजिलले शुक्रबार दोस्रो खेलमा कोस्टारिकासँग खेल्दैछ।

तपाईको प्रतिक्रिया