Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलमा आज एसियाली राष्ट्र जापानले कोलम्बियाको सामना गर्नेछ। यसैबीच जितको भविश्यवाणी गर्ने बिरालो पछि सुँगाले गरेको भविश्यवाणीमा आज जापान पराजित हुने देखाएको छ। यो सुँगाले गरेको भविश्यवाणी सही हुने दाबीसमेत गरिएको छ।

जापानको राजधानी टोकियोको उत्तर टोचिगीमा बस्ने यो सुँगा (ओलिविया) ले गरेको भविश्यवाणी मिल्ने र आजको पहिलो खेलमा जापान कोलम्बियासँग पराजित हुने जापानी मिडियाहरूले बताएका छन्। ओलिविया पछिल्लो केही समयदेखि भविष्यवाणी गर्दै आएको चरा हो।

जापानको साङ्केई न्यूजका अनुसार यो सुँगाले पहिले खेल बराबरी हुने संकेत देखायो र अन्त्यमा कोलम्बियाको झन्डा उठाएको थियो। यसलाई पालन र रेखदेख गर्ने नोजोमी ओइकावाले यसको भविश्यवाणी गलत होस् भन्ने कामना गरेका छन्। यो १३ वर्षको सुँगाले यसअघि सन् २०१५ को महिला विश्वकपका सात मध्ये ६ खेलको सही भविष्यवाणी गरेको थियो।

यसबाहेक उसले रियो ओलम्पिक २०१६ को पाँच खेलको सही भविष्यवाणी गरेको थियो। विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आज कोलम्बियाले जापानसँगमोर्दोभिया एरिनामा नेपाली समयअनुसार  बेलुकी पौने ६ बजे खेल्दैछ। -एजेन्सी

तपाईको प्रतिक्रिया