Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।

कमेडी, प्रेम, एक्सन साथै पारिवारिक कथालाई समेटिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, अर्जुन गुरुङ, जयनन्द लामा, सुनिल थापा, अनुभव रेग्मी लगायतका कलाकारको समेटिएका छन् ।

चलचित्रलाई  एभरेस्ट सूर्य बोहराले लेखन तथा निर्देशन गरेका हुन् । नेपालय सिनेमा इन्टरनेशनलको ब्यानरबाट निर्माण भएको चलचित्रलाई प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले संयुक्तरुपमा लगानी गरेका हुन् ।

भैरेमा लेख बहादुर पुन कार्यकारी निर्माता हुन् भने सहनिर्माता स्वरूप करुणाकर घिमिरे, सविता गुरुङ, कुमार बस्नेत र यम बराल रहेका छन् । साउन ४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको यस अघि दुई गीतहरू सार्वजनिक भइसकेका छन् ।

दुवै गीतलाई दर्शकले निकै रुचाएका छन् ।

तपाईको प्रतिक्रिया