Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथी २ खर्व डलर बराबरको अतिरिक्त कर लगाउने चेतावनी दिनुभएको छ । आफ्नो व्यापारिक अभ्यासमा परिवर्तन नल्याए चीनबिरुद्ध १० प्रतिशत अतिरिक्त कर प्रभावकारी हुन सक्ने ट्रम्पको भनाई छ ।

ट्रम्पको निर्णयले अमेरिका र चीनवीच पछिल्लो समय देखिएको व्यापारिक युद्धमा थप मद्धत पुग्ने विश्लेषण गरिएको छ । आफ्नो मुलुकसंगको असन्तुलित व्यापारबाट चीनले गलत तरिकाले फाईदा लिईरहेको राष्ट्रपति ट्रम्पले आरोप लगाउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अघिल्लो साता ५० अर्व डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत सम्म अतिरिक्त कर लगाउने बताउनुभएको थियो । अमेरिकी भनाईको प्रतिकृया दिदै चीनले समेत ५० अर्व डलर बराबरको अमेरिकी सामानको आयतमा थप कर लगाउने बताएको थियो ।

तपाईको प्रतिक्रिया