Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – प्रदेश नम्वर ५ को प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । अाज दिउँसो बसेको बैठकमा कांग्रेस  सांसद डिल्लिबहादुर चौधरीले बजेटले प्रदेशको समग्र विकासमा सम्बोधन नगरेको भन्दै अवरुद्ध गर्ने जनाएपछि कांग्रेसका सबै सांसदले उभिएर विरोध जनाएका थिए ।

सभामुख पूर्णबहादुर घर्तिले बैठक अगाडि बढाउन सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि कांग्रेसका सांसद उभिइरहे ।  बस्न नमानेपछि  सभामुखले सांसदको कारवाही अगाडि बढाउन खोज्दा कांग्रेसका सांसद बैठक नै बहिस्कार गरेर बाहिरिएका थिए । कांग्रेसले  बहिस्कार गरेपछि  प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया