काठमाडौं – प्रदेश ३ सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक बर्ष २०७५/७६ को राजस्व तथा व्ययको अनुमान (बजेट) माथिको छलफल आज पनि हुदैछ । हिजो सांसदहरुले बोल्ने क्रम नसकिएपछि आज बिहान ११ बजेका लागि पुन: बैठक बोलाईएको हो ।
छलफल आज टुंग्याउने कार्यतालिका छ । यसैविच, प्रदेश मामिला समितिको बैठक बसिरहेको छ । समितिमा नै अड्किएका दुई विधेयक माथि छलफलको कार्यसूची सहित समितिको बैठक बसेको हो ।
मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन अनुमोदन र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल जारी रहेको समिति सभापति माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । मर्यादाक्रम विवादका कारण सुविधासम्बन्धी २ विधेयक दफावार छलफल हुन नसकेर समितिमा रोकिदै आएको छ ।
समितिमा नै अड्एिको अवश्था मन्त्रीपरिषदले सेवा सुविधासम्बन्धी निर्णय भने गरिसकेको छ । प्रदेश चार मा समेत बिहान ११ बजेबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुदैछ ।
प्रदेश ५ सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट माथि प्रदेश सभामा आजबाट छलफल हुँदैछ । दिउसो १ बजे बस्ने बैठकमा सरकारले प्रस्तुत गरेको राजश्व र व्ययको अनुमानमाथि छलफल शुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । दलीय आधारमा सभामुख पूर्णबहादुर घर्तीले प्रत्येक सदस्यका लागि ५ मिनेटको समय निर्धारण गर्नुभएको छ ।
प्रदेश ५ को सरकारले आगामी वर्षका लागि २८ अर्ब ९ करोड रुपैंयाँको आय व्यय विवरण शुक्रवार सार्वजनिक गरेको थियो । प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको हिजो बसेको बैठकले यसअघि बैठकमा पेश भएको प्रदेश सभा पहिलो संशोधन नियमावली २०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसुची पारित गरेको छ ।
प्रस्ताव आजै निर्णयार्थ पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयका सचिव मानबहादुर बिकेले जानकारी दिनु भयो ।








