काठमाडाैं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मकवानपुरको हेटौंडामा बस्ने भएको छ । जिल्ला सभापतिको भेला सुरू हुनुपूर्व भोलि अपरान्ह केन्द्रीय समिति बैठक डाकिएको हो ।
पर्सि (मंगलबार)देखि हेटौंडामा कांग्रेस जिल्ला सभापतिहरुको भेला आयोजना गरिएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको संगठन सुधार र प्रभावकारी प्रतिपक्षको भूमिकालगायत विषयमा बैठक केन्द्रीत रहनेछ । बैठक जिल्ला सभापतिहरुको भेला लक्षित गरेर बस्न लागेको हो ।
बैठकमा निर्वाचनमा बेहोर्नुपरेको पराजयजस्ता विषयमा छलफल हुनेछ । सभापति शेरबहादुर देउवाले दुई वर्ष बितिसक्दा पनि केन्द्रीय सदस्य तथा विभाग गठन गर्न नसकेकोमा आलोचना हुने गरेको छ ।








